Harsamaya
सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब सुदूरपिश्चमको मुद्दालाई र अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम बन्द गरिने उद्घोष गरेका छन् । बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपिश्चमको कुशासन, वेतिथि, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गर्ने प्रतिबद्धता जनाए ।

उनले मन पत्रमा छाप लागिसकेको बताउँदै फागुन २१ मतपत्रमा छाप लगाउन मात्र बाँकी रहेको दाबी गरे । उनले भने,‘मतपत्रमा छाप लगाउने त २१ गते हो । तर मन पत्रमा छाप लागिसकेको छ । जनताको मुद्दालाई सुदूरपिश्चमको मुद्दालाई र अधिकारलाई माग बनाएर वर्षौसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ । कुशासन ,वेतिथि ,बेरोजगारी र अशिक्षा सबैको सटर बन्द गरेर २१ गते इतिहास रच्ने हो भोट हाल्ने होइन ।’

त्यस्तै उनले रास्वपाले राजनीति विसंगति र विकृति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बलड्यांग्रे अक्षरले लेख्ने युगको अन्त्य गर्ने बताए । जनतालाई नेताले बाचा दिने अनि सजाय भोट दिने जनताले पाउँने अवस्था रहेको बताउँदै सभापति लामिछानेले अब बाचा गर्ने तर पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने धाणा राखे ।

उनले भने, ‘रास्वपाले राजनीति विसंगति र विकृति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बलड्यांग्रे अक्षरले लेख्ने युगको अन्त्य गर्छ । जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले ५ वर्षको स्थायी सरकार यसपटक मागेका हौँ । जनताले भोट दिने,जनतालाई नेताले बाचा दिने अनि सजाय भोट दिने जनताले पाउँने ? अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकारको अपेक्षा गरेका हौं ।’

उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरे । यसअघि सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्ने बताए । उनले यो चुनावमा मत नबाँड्नको लागि मतदातालाई आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update