बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काभ्रे - काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
बुधबार बनेपाको दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१–०४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको हो ।
दुर्घटनापछि स्थानीयहरुले बनेपामा प्रदर्शन गर्दै ठक्कर दिने टिपरमा आगजनी गरेका थिए । प्रदर्शनपछि केहीबेर अरनिको राजमार्ग अवरुद्ध भएको थियो ।
घटनापछि तनावग्रस्त बनेको बनेपा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२ १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

