सिन्धुपाल्चोक - नेपाली कांग्रेसलाई सिन्धुपाल्चोकमा संगठनात्मक धक्का लागेको छ। सक्रिय महिला नेतृ लीला नेपालले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि काँग्रेसलाई धक्का लागेको हो ।
नेपाल २०७४ को स्थानीय तहको निर्वाचनमा बाह्रबिसे नगरपालिकाको उपमेयर पदमा पराजित भएकी थिइन् ।उनी २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीमा समेत परेकी थिइन्। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएकी लीलाको बहिर्गमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाल पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा खुलेकी थिइन् । विशेष महाधिवेशन सफल बनाएर आफू अनूकुलको उम्मेदवारले काँग्रेसबाट टिकट पाउँदा पनि पार्टी छोड्नुले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।
सिन्धुपाल्चोक–१ मा रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुलीको पहलमा भएको प्रवेश कार्यक्रममा सभापति रवि लामिछाने सहितका नेताहरू उपस्थित थिए।

