लहानमा उखुबारीमा आगलागी, करिब एक करोडको क्षति
सिरहा - लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा उखु जलेर नष्ट भएको छ। प्रारम्भिक विवरण अनुसार २५ किसानले करिब १ करोड १६ लाख बराबरको क्षति भोगेका छन्।
प्रहरीका अनुसार आगो उखुबारीको मध्यभागबाट सल्किएको हो र स्थानीयको सहयोगमा मानव बस्तीमा फैलिनबाट रोकिन पुगेको छ। गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा करिब ४ घन्टापछि आगो नियन्त्रणमा आएको थियो।
प्रहरीले आगो कसैले चुरोट वा बिँडी फाल्दा सल्किएको वा नियतवश लगाइएको हुनसक्ने आशंका व्यक्त गरेको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२ २०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

