जिपको ठक्करबाट विद्यार्थीको मृत्यु
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका देवचुली–१४ का १४ वर्षीय रिप्सन सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । गम्भीर घाइते देवचुली–१४ कै १३ वर्षीय रिजन धितालको चितवनमा उपचार भइरहेको छ ।
पूर्वपश्चिम राजमार्गमा कावासोतीबाट रजहरतर्फ आउँदै गरेको बा २१ च ५१६८ नं को जिपले विद्यालयबाट साइकलमा घरतर्फ जाँदै गरेका दुवै जनालाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२ २०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

