Harsamaya
सडक दुर्घटनामा सुरज थापाको मृत्यु
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

चितवन - भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार टुरेचोकबाट शीतलचोकतर्फ आइरहेका मिनीट्रकले रामपुरबाट भरतपुरतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जाका २६ वर्षीय सुरज थापाको मृत्यु भएको हो । 

मोटरसाइकलमा सवार स्याङ्जाको हरिनास गाउँपालिका–४ की २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी जारी छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update