देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एकको मृत्यु, पाँच घाइते
दाङ - देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो ।
भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२ ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

