Harsamaya
झापामा ‘करेन्ट’लागेर मजदुरको निधन
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

झापा - झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ ।

यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । 

उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update