सेवार खोलामा पल्सर दुर्घटना, दुईको मृत्यु
दाङ - घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरीका अनुसार मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटना लु प्र ०२००१ प ११०२ नम्बरको ‘पल्सर’ मोटरसाइकलमा भएको बताइएको छ।
घटनास्थलबाट उद्धार गरी मृतकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

