Harsamaya
बालेन साहको कोठामा चोरी गर्ने तीन जना पक्राउ
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र साहको कोठामा चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

 पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसङ्खुपाखर घर भई काठमाडौंको गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर मई हाल धादिङको खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।

एसएसपी रमेश थापाले जानकारी दिएअनुसार गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका यी कैदीहरू चोरीमा संलग्न भएको सूचना पाएपछि पक्राउ गरिएको हो। अनुसन्धान अनुसार राजवाहकविरुद्ध चोरी मुद्दा, खड्काविरुद्ध बैंकिङ कसुर र श्रेष्ठविरुद्ध जबर्जस्ती करणी मुद्दा रहेका छन्।

पक्राउ परेकाहरूको साथ चोरीमा प्रयोग भएका सामग्री र चोरीका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update