Harsamaya
वनमा लुकाइराखिएका सात थान भरुवा बन्दुक बरामद
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–५ मल्कवाङ घरथोकस्थित वनबाट सात थान भरुवा बन्दुक बरामद गरिएको छ ।

मंसिर २ गते बिहान ६ बजे इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा वनमा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो ।

बरामद गरिएका सात बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत रहेको प्रहरीले जनाएको छ ।

बरामद बन्दुक इलाका प्रहरी कार्यालय दरबाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update