संवादलाई प्राथमिकता दिँदै इरान आफ्नो अडानमा कायम
एजेन्सी - इरानले संयुक्त राज्य अमेरिकासँग जारी वार्ताका क्रममा आफ्नो राष्ट्रिय हित र कूटनीतिक अडान स्पष्ट रूपमा राख्दै संवादलाई निरन्तरता दिने संकेत दिएको छ।
ओमानमा भएको पछिल्लो भेटवार्तालाई इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शान्तिपूर्ण समाधानतर्फको सकारात्मक प्रगति भएको बताएका छन्।
इरानका अनुसार देशको रणनीति संवादमार्फत मतभेद समाधान गर्ने रहेको छ भने बाह्य दबाबको भाषालाई स्वीकार नगरिने स्पष्ट गरिएको छ। इरानी पक्षले आफ्नो अधिकार र हितको रक्षा गर्दै वार्तामा सहभागिता जनाइरहेको जनाएको छ।
दुवै पक्षबीच केही संवेदनशील विषयमा मतभेद रहे पनि कूटनीतिक संवाद जारी रहनु नै तनाव न्यूनीकरणतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। दोस्रो चरणको वार्ताको मिति र स्थानबारे छलफल जारी रहेको बताइएको छ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

