Harsamaya
ट्रकको ठक्करबाट २८ वर्षीय कुलबहादुरको मृत्यु
सांकेतिक तस्विर: हर समय/Har Samaya

चितवन - भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको हो ।

शुक्रबार साँझ ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल ठोक्किँदा  गम्भीर घाइते भएका निजको  चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update