Harsamaya
चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति
आगलागीबाट मानवीय क्षति भएको छैन ।  प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो । 

सङ्खुवासभा - चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । 

आगलागीबाट मानवीय क्षति भएको छैन ।  प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो । 
 
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update