Harsamaya
 जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
बस दुर्घटनापश्चात् ।

काठमाडौं - बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

बिहीबार राति भएको दुर्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।

मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्।

त्यस्तै डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिकका वडा नम्बर ७ का २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी नगरपालिका वडा नम्बर ७ का १४ वर्षीया सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया पुष्पा अवस्थी र केदारस्युँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको पनि दुर्घटनामा मृत्यु भएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update