बुटवलबाट ८२ वर्षीया वृद्धा बेपत्ता, खोजी गरिदिन आग्रह
बुटवल - बुटवल उपमहानगरपालिकाबाट ८२ वर्षीया इन्द्रकली तिम्सिना बेपत्ता भएकी छिन् । वडा नम्बर ६, चन्द्रनगर (चाँदबारी) निवासी ८२ वर्षीया तिम्सिना माघ १८ गतेदेखि बेपत्ता भएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार उनी आफ्नै निवासबाट हराएकी हुन् । वृद्धा आमा लामो समयदेखि घर नफर्किएपछि परिवारका सदस्यहरूले चिन्ता व्यक्त गर्दै खोजीका लागि सबैमा अपिल गरेका छन् ।
उनलाई भेट्नेलाई हिम कान्त तिम्सिनालाई (९८४४७४५४१७) सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२ १६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

