Harsamaya
चुनीखेल नयाँबस्ती आगलागीमा २४ परिवार विस्थापित

काठमाडौं - काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेल नयाँबस्तीमा भएको आगलागीबाट २४ परिवार विस्थापित भएका छन् । मंगलबार राति करिब पौने ११ बजेतिरबाट लागेको आगो करिब सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा  निभाइएको थियो ।  आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।

वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । विस्थापित भएकाहरूलाई नजिकका अरू टहराहरूमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।

विद्युत् सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको क्षतिको विवरण भने आउन बाँकी छ । 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update