Harsamaya
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- आज दिउँसो तराईका भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर दिउँसोको समयमा मौसममा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राती तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ । विभागले जारी गरेको बुलेटिन अनुसार राती बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update