गुणादीमा स्कुटर दुर्घटनामा युवतीको मृत्यु
तनहुँ - पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् । निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू पोखराबाट दमौली आइरहेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

