Harsamaya
मोटरसाइकल नहरमा खस्दा एकको मृत्यु
सांकेतिक तस्विर: हर समय/Har Ssamaya

चितवन - भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update