जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना
काठमाडौं - काठमाडौंको जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना भएको छ ।
मंगलबार मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले बतायो। दुर्घटनामा मोटरसाइकलमा आगलागी भएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

