Harsamaya
मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान
राष्ट्रियसभा  सदस्यको निर्वाचनमा मतदान गर्दै ।

जनकपुरधाम - मधेश प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको  राष्ट्रियसभा  सदस्यको निर्वाचनमा अपरान्ह २ बजेसम्म ३०० भन्दा बढीले मतदान गरेका छन् । 

राष्ट्रियसभाको चार वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेश प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता छन् । 

राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसकेका छन् ।

आज बिहान ९ बजे सुरु भएको मतदानको समय अपरान्ह ३ बजे सम्पन्न हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update