Harsamaya
भ्रष्टाचार मुद्दामा पूर्वसचिव मिश्रासँग पाँच लाख धरौटी माग

काठमाडौं - विशेष अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रासँग पाँच लाख धरौटी माग गर्ने आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज उक्त रकम धरौटी लिएर तारिखमा राख्ने आदेश गरेको हो 

अदालतले उक्त नगद धरौटी वा बैंक जमानत नदिए  थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइ दिनसमेत आदेश गरेको छ ।

गत कात्तिक २ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘म्यामोग्राफी मेसिन’ खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update