Harsamaya
छुटे दुर्गा प्रसाईं
संयोजक दुर्गा प्रसाईं ।

 काठमाडौं - मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईंलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।

निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update