Harsamaya
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्विर: हर समय/Har Samaya

महेन्द्रनगर - बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो ।

बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update