Harsamaya
आज दुई संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय ।

काठमाडौं -  संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो । आज बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको  बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।

यस्तै, बिहानको ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/२०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update