काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरू देशको सभ्यता,संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छिन् ।
बिहीबार काठमाडौंको टुँडिखेलमा मगर सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विविधता र बहुल्यताबिचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध सशक्त बनाएको बताइन् ।
उनले भनिन्,‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरू हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन् । विविधता र बहुलताबिचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा सशक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ । प्रवर्द्धन र संवर्द्धन गर्न आवश्यक छ ।’
त्यस्तै उनले समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ रहेको बताइन् । वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा सबैबिच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो रहेको उनको भनाई छ ।
‘वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामीबिच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो छ । समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ’ उनले भनिन् ।

