Harsamaya
बाल्यकाल थारु समुदायमै बितेकाले माघी पर्व विशेष लाग्छ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो बाल्यकाल थारु समुदायमा बितेको भन्दै थारु परिवार आफ्नै लाग्ने बताएकी छिन् ।बिहीबार काठमाडौंमा थारु समुदायले मनाएको माघी पर्वको अवसरमा बोल्दै उनले थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद आफ्नो जिब्रोमा भिजेको भन्दै त्यसैले माघी पर्व आफ्नो लागि पनि विशेष पर्व रहेको बताइन् ।

उनले भनिन्, ‘मलाई थारु परिवार आफ्नै हुन् जस्तो लाग्छ । मेरो बाल्यकाल थारु समुदायका साथीहरूसँगै बितेको छ । थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ । त्यसैले माघी पर्व मेरो लागि पनि विशेष पर्व हो ।’
त्यस्तै उनले वर्तमान समयमा विश्वास, सद्भाव र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको धारणा राखिन् ।

‘आजको समय विश्वास सद्भाव र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको छ । वर्तमान समयमा हामी सबै अझ हामी संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’
प्रधानमन्त्री कार्कीले थारु समुदायको मौलिक संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको जानकारी दिइन ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update