विश्व र प्रदिप महामन्त्रीको उम्मेदवार, बहादुर सिंह सह-महामन्त्रीको उम्मेदवार
काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको महाधिवेशनमा सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ।
बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको हो। त्यस्तै महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ।
सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्।
अन्य पदमा को को ले उम्मेदवारी दिएका छन् खुलेको छैन ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

