काँग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्याउँछौँ (भिडियोसहित)
काठमाडौं - नेपाली काँग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिएका हुन् ।
सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज हाम्रो चाहिँ ६.२४ प्रतिशत सङ्ख्या बढेको छ । हिजो हाम्रो २६ सय ६२ थियो । त्यसमा ६.२४ भन्दा खेरी ६३ प्रतिशत साथीहरूले आज हस्ताक्षर गरेका छन् । प्रतिनिधि अझै आउने क्रम जारी छ ।’
यसै गरी नेपाली काँग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्द सत्र स्थगित भएको छ । विशेष महाधिवेशन मङ्गलवार (पुस २९) बिहान ९ बजे बन्द सत्र पुनः सुरु हुने उनले बताए ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२ १९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

