काँग्रेसका सभापति देउवा विशेष महाधिवेशनस्थल नजाने
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा विशेष महाधिवेशनस्थल नजाने भएका छन् । सोमबार उनको सचिवालयले सामाजिक संजालमा एक सूचना जारी गर्दै महाधिवेशनस्थल नजाने बताएका हुन् ।
‘केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं, सामाजिक सञ्जालमा सचिवालयले लेखेको छ ।’
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२ ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

