Harsamaya
विशेष महाधिवेशनमा तीन पदाधिकारी र ३० केन्द्रीय सदस्य सहभागी
विशेष महाधिवेशनमा सहभागीहरू ।

काठमाडौं - नेपाली काँग्रेसको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा सभापति शेर बहादुर देउवा, कार्यावाहक सभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता डा. शेखर कोइरला उपस्थित छैनन् ।

त्यसैगरी अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनमा उपस्थित छैनन् । १६९ जनाको केन्द्रीय समिति रहेको काँग्रेसका तीन पदाधिकारी र ३० जना केन्द्रीय सदस्य सहभागी छन् । 

महाधिवेशनस्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन् । त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन् । 

केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार, उदय शमशेर राणा, नानु बास्तोला, योगेन्द्र चौधरी, विनोद चौधरी सहभागी छन् । 

त्यस्तै, पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ, सुधीर सिवाकोटी पनि सहभागी छन् ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update