विशेष महाधिवेशनका लागि ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए
काठमाडौं - नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । बिहान ८ बजेबाट ११ बजेसम्म गरिएको नाम दर्तामा ४८८ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार ११ बजेसम्म कोशीबाट– ८३, मधेसबाट–८२, बागमतीबाट– ६२, गण्डकीबाट–८०, लुम्बिनीबाट – १२२, सुदूरपश्चिमबाट–३० र भातृ शुभेच्छुक, जनसम्पर्कबाट–२९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

