युएई पठाइदिन्छु भनी ठगी गर्ने वसन्त योगी पक्राउ
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने ४५ वर्षीय वसन्त योगीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
योगीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १८:२३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
