शंखरापुर नगरपालिकास्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटनामा ४ जनाको मृत्यु, २७ घाइते
काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा १ पुरुष र ३ महिला छन् । बस चालक ध्रुव रेग्मी घाइते भएका छन् । घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ २१:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

