Harsamaya
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पनि तराईका अधिकांश जिल्ला र भुभागहरूमा हुस्सु र कुहिरो लाग्ने भएको छ।

विभागले जारी गरेको पूर्वानुमान विवरण अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै कोशी प्रदेश,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार रातको समयमा पनि तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update