Harsamaya
गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस

रूपन्देही - नेकपा एमाले गुल्मीको  निर्वाचन क्षेत्र नम्बर १ मा  प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ ।  यस्तै २ नम्बर क्षेत्रमा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट,  रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्ताव गरिएको छ ।

एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहे पनि टुंगो लागेको छैन ।

क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले अहिलेसम्म कुनै निर्णय नभएको जनाएका छन् । ‘अध्यक्ष रितबहादुर थापा बिरामी परेर बुटवल जानुभएको छ, यसअघिको बैठकमा छ जनाले आकांक्षा राखेको हो, एकल नाममा सहमति भए विष्टको जान्छ नभए सबैको नाम जिल्लामा पठाउने नै हुन्छ होला’ उनले भने ।

 

 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update