भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते
                            
                            
                                                        
                                                    -1736338790.png) 
                                                            भारत - उत्तरी भारतको पञ्जाब राज्यमा शुक्रबार पिकअप भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
पञ्जाबको सिखको पवित्र सहर अमृतसरबाट १४२ किलोमिटर दक्षिणपश्चिममा रहेको फिरोजपुर जिल्लाको मोर गाउँ नजिक उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार क्याटरिङ कम्पनीमा काम गर्ने २५ देखि ३० जनाको समूह पिकअप भ्यानभित्र रहेको थियो ।
प्रहरीले दुर्घटनाको बारेमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १९:०९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    