Harsamaya
डा कोइराला भन्छन्ः निर्वाचनबाट कांग्रेस भाग्दैन 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन्। 

मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई आज उद्घाटन गर्दै उनले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने बताए।

'कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन,'उनले भने । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो।

नेता डा कोइरालाले सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए।

'जेनजी आन्दोलनका क्रममा हजारौँ कैदीबन्दी भागेका छन्, प्रहरीका सयौँ हतियार लुटिएका छन्, प्रहरीको मनोबल खस्किएको छ, यस्तो अवस्थामा निर्वाचन गर्न सकिन्छ कि सकिँदैन,' उनले भने।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update