काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक चुनाव नलड्ने घोषणा गरेका छन् ।
गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।
'मैले १, २, ३, ४ फर्मुला ल्याउँदै गर्दा आफूले पनि केही आचरणमा बस्न आवश्यक थियो, त्यसैले गत वर्ष पुसमै मैले झापा–१ का साथीहरूलाई म अर्को चुनाव नलड्न सक्छु उमेदवार तयार रहनुहोला भनेको थिए,' शर्माले भने।
शर्माले बिहीबारको कार्यसम्पादन समिति बैठकमा चुनाव लड्ने घोषणा गरेका हुन् ।उनले गत चुनावमा आफ्नो क्षेत्रमा सीमित भएको भन्दै यसपटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्ने बताए । 'मेरो आग्रह छ- चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ,' उनले भने ।

