काठमाडौं - नेपाली कांग्रेसमा करिब एक दर्जन जिल्लाले क्रियाशील नवीकरणको काम अझैसम्म सम्पन्न नगरेको पार्टीले जानकारी दिएको छ।
पार्टी क्रियाशील व्यवस्थापन समितिले दिएको जानकारी अनुसार १० जिल्लाले हालसम्म क्रियाशील नविकरण गरेको छैन । समिति सदस्य योगेन्द्र चौधरी अनुसार त्यी जिल्ला समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्युटर इन्ट्रिको काम गर्न सकेका छैनन्।
चौधरीका अनुसार तोकिएको समयमा क्रियाशील नवीकरणको विवरण इन्ट्री नगर्ने जिल्लाहरूमा संखुवासभा, खोटाङ, महोत्तरी तथा बारा रहेका छन् । यस्तै दोलखा,प्यूठान, बर्दिया, कैलाली र कञ्चनपुरले पनि क्रियाशील नवीकरणको विवरण केन्द्रमा इन्ट्री गरेका छैनन्।
‘यी जिल्लाहरूले समय गुज्रिसक्दा पनि इन्ट्रि गरेका छैनन्,’ चौधरीले भने, ‘भोली राती १२ बजे सम्मका लागि इन्ट्रि समय थपेका छौं।’चौधरीले अन्तिम पटक समय दिइएको भन्दै बुधाबार रातिबाट कम्प्युटर इन्ट्रि लक गरिने पनि जानकारी दिए।
नेपाली कांग्रेसले यहीँ पुस मसान्तमा पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ । जसअनुसार १६ पुसबाट वडा अधिवेशन गर्ने कार्यतालिका छ । तर, हालसम्म महाधिवेशनको मेरूदण्ड क्रियाशील सदस्यता नविरकण र वितवरणको कामले पूर्णता पाउन सकेको छैन ।

