Harsamaya
दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
संसद सचिवालय ।

काठमाडौं - आज दुई वटा संसदीय समितिकी बैठक बस्दै छ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको  आज विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार  समितिको बैठक बस्दै छ । आज १०:३० बजे बस्ने विधायन समितिको बैठकमा उत्तर विधायीकी परीक्षण सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै  सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका काम कारबाही, समस्या तथा चुनौती र भावी कार्य योजना बारे छलफल र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इ आइए को सहजीकरण सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । बैठक दिउँसो २:३० बजे बस्दै छ । 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update