Harsamaya
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

जनकपुर - मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषद्मा दुई जना मन्त्री थपेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री नेपाली काँग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै विना विभागीय मन्त्री कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस अघि मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको दिन जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update