Harsamaya
 डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने जेनजी युनाइटेड माग
जेनजी युनाइटेडका संयोजक जनक परियार ।

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

अर्थतन्त्रलाई चलाउमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभव समेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्तिको माग गर्दै अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालिन सरकारले पौडेललाई स्वार्थ समूहको चलखेलमा नियुक्त गरेको, गभर्नरबिरुद्ध बिभिन्न निकायका अनुसन्धान भइरहेको र अनुभवका हिसावले समेत पौडेलको नियुक्ति राष्ट्र बैंक ऐनको विरुद्ध भएको बर्खास्त गर्न माग गरिएको जेनजी युनाइटेडका संयोजक जनक परियारले जानकारी दिए । 

जेनजी युनाइटेडले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, अर्थ मन्त्रालयमा बिचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा बित्तिय संस्थाको मनपरीलाई रोक्नुपर्ने, बैदेशिक ऋणको सदूपयोग गर्नुपर्ने लगाएका माग राखेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update