Harsamaya
आज सङ्घीय संसद सेवा दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
सङ्घीय संसद ।

काठमाडौं - आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद सेवा दिवस मनाइँदै छ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाउन थालिएको छ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।

निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्‍याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update