बागमती करिडोरमा ५ वटा गाडी ठोक्कियो, एक जनाको गयो ज्यान
काठमाडौं- ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
कुपण्डोल पुलबाट यूएनपार्क पुलतर्फ जाँदै गरेको बा.प्र.०१-०२९ च ३८९६ भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२२ च ००६१ नम्बरको कार, बा२ज ४७६० नम्बरको कार, बा.प्र. ०१-०२९ च ८१४५ नम्बरको भ्यान र कुपण्डोलबाट यूएन पुलतर्फ आउँदै गरेको बा ५१ प ९५६९ न. स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
बिहीबार करिब ४ बजेको समयमा भएको उक्त दुर्घटनामा परी स्कुटर चालक रौतहटको गौर नगरपालिका-९ का करिब ४५ वर्षीय राजिव सिन्हाको मृत्यु भएको छ ।
चार वटै गाडीका चालक र सवारीसाधन प्रहरी परिसर जावलाखेलको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ १९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

