Harsamaya
रुपन्देही–३ बाट कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जना सिफारिस
पूर्वगृहमन्त्री बालकृष्ण खाण ।

रुपन्देही - नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम सिफारिस गरेको छ । 

क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए । 

यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update