१५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने
काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने भएका छन् । सामाजिक सञ्जालमा लेख्दै भण्डारीले सभापतिमा उठ्ने स्पष्ट पारेका हुन् ।
उनले लेखेका छन् , ‘सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश जनता ,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

