Harsamaya
उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

उदयपुर - चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो ।

 गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update