एनपीएल : आज एलिमिनेटरमा काठमाण्डौं र लुम्बिनी भिड्दै
काठमाडौं - काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एलिमिनेटर खेलमा काठमाणडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। आज अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने हुनेछ।
अंकतालिकामा काठमाण्डौं तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्। यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।
पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो। आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ।
पहिलो खेल जितेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हारेको थियो। तर लुम्बिनी त्यसपछिका तीन खेल लगातार जित्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

